Logo

६ फाल्गुण, काठमाडौं । सिन्धुपाल्चोकमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि तीब्र राजनीतिक सरगर्मी बढेको छ ।

विशेष गरी १८ कम्युनिस्ट घटकहरूको एकताबाट निर्मित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले जिल्लाका दुवै निर्वाचन क्षेत्रमा आफ्ना ‘हेभिवेट’ र आक्रामक नेताहरूलाई मैदानमा उतारेपछि चुनावी भिडन्त प्रतिष्ठाको महासङ्ग्राममा परिणत भएको हो । क्षेत्र नम्बर १ मा नेकपाले प्रभावशाली युवा नेता माधव सापकोटा ‘सुबोध’ लाई उम्मेदवार बनाएको छ भने क्षेत्र नम्बर २ मा बागमती प्रदेशका पूर्वमन्त्री युवराज दुलाल ‘शरद’ ले प्रदेशको राजनीति त्यागेर सङ्घीय संसद्को यात्रा तय गरेका छन् । यी दुवै उम्मेदवारलाई पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ का अत्यन्तै विश्वासपात्र र ‘अग्रपङ्क्तिका कमान्डर’ मानिन्छ।

यसपटकको निर्वाचन नेकपाका लागि केवल पदको प्राप्ति मात्र नभई जिल्लामा आफ्नो अस्तित्व र वर्चस्व प्रमाणित गर्ने ‘अग्निपरीक्षा’ समेत बनेको छ । क्षेत्र नम्बर १ मा सुबोधको सामना एमालेका पुराना हस्ती सरेश नेपाल र कांग्रेसका जिल्ला सभापति जंगबहादुर लामासँग हुँदैछ, जसले यो क्षेत्रलाई त्रिकोणात्मक भिडन्तको केन्द्र बनाएको छ ।

उता क्षेत्र नम्बर २ मा युवराज दुलालको बाटो झनै चुनौतीपूर्ण देखिएको छ । उनले एमालेका प्रभावशाली नेता एवं पूर्वमन्त्री शेरबहादुर तामाङ र कांग्रेसका वंशलाल तामाङको कडा घेराबन्दी तोड्नुपर्नेछ। तामाङ बाहुल्य रहेको यस क्षेत्रमा जातीय र क्षेत्रीय मत निर्णायक हुने भएकाले नेकपाले आफ्नो साङ्गठनिक शक्तिलाई कसरी एकीकृत गर्छ भन्नेमा सबैको ध्यान मोडिएको छ ।

उम्मेदवारी दर्ताका क्रममा एउटै पोशाकमा सजिएर एकताको सन्देश दिन खोजेका नेकपा उम्मेदवारहरूले ‘परिवर्तन र नयाँ युग’ को नारा अघि सारे पनि एमालेको बलियो सङ्गठन र कांग्रेसको नयाँ अनुहारको रणनीतिले नतिजालाई निकै रोचक र अनिश्चित बनाइदिएको छ ।

सम्बन्धित समाचार