Logo

६ फागुन,वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी पर्सा सभापति एवं पर्सा–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार हरि पन्तले आज इनरुवामा पार्टीको सम्पर्क कार्यालय उद्घाटन गरेका छन्।

आज आयोजित एक कार्यक्रमका बीच पन्तले कार्यालयको औपचारिक उद्घाटन गरेका हुन्। उद्घाटनपछि सम्बोधन गर्दै उनले इनरुवावासीबाट आफूले अत्यन्तै माया र साथ पाएको उल्लेख गरे। “इनरुवावासीले आफ्नो ठाउँबाट रास्वपालाई जिताउन लागि पर्नुभएको छ,” उनले भने, “म यहाँको माया र विश्वासको सधैं सम्मान र कदर गर्नेछु।”

उक्त उद्घाटन कार्यक्रम विजय साहको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रमको सहजीकरण सन्तोष पटेलले गरेका थिए। कार्यक्रममा महानगर सभापति अमन आलम, जिल्ला सचिव सुदिश प्रजापती, दिलिप कुर्मी, मुकेध पटेललगायत पार्टीका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो।

निर्वाचन नजिकिँदै जाँदा रास्वपाले जिल्लामा संगठन विस्तार र प्रचार–प्रसारलाई तीव्रता दिएको जनाएको छ।


सम्बन्धित समाचार