Logo

६ फागुन,वीरगञ्ज । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का प्रभावशाली नेता बसरुद्दीन अन्सारी नेपाली कांग्रेस मा प्रवेश गरेका छन्।

बुधबार आयोजित एक कार्यक्रममा कांग्रेसका शीर्ष नेताहरूको उपस्थितिमा अन्सारीलाई पार्टीमा स्वागत गरिएको हो। लामो समय एमालेमा सक्रिय रहेका अन्सारीले वर्तमान राजनीतिक परिस्थितिमा कांग्रेसको नीति, सिद्धान्त र कार्यक्रमप्रति आकर्षित भएर पार्टी परिवर्तन गरेको बताएका छन्।

कांग्रेस प्रवेशपछि उनले लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण, समावेशी विकास र क्षेत्रीय सन्तुलनका मुद्दामा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

अन्सारीको कांग्रेस प्रवेशलाई सम्बन्धित क्षेत्रमा राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ। निर्वाचन नजिकिँदै जाँदा विभिन्न दलका नेताहरूबीच दल परिवर्तनको क्रम तीव्र बन्दै गएको छ।


सम्बन्धित समाचार