Logo

७ फागुन,वीरगञ्ज । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा देशभर चुनावी माहोल तातेको छ। उम्मेदवारहरू मतदाता भेटघाट, घरदैलो अभियान तथा प्रचार–प्रसारमा सक्रिय देखिएका छन् भने विभिन्न दलहरू रणनीतिक समीकरण र शक्ति सन्तुलनको गणनामा व्यस्त छन्।

यसैक्रममा प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट पर्सा क्षेत्र नम्बर–२ का उम्मेदवार अमिताभ बच्चन दासले बहुदरमाई नगरपालिका वडा नम्बर–२ सिसियारी र बैरियामा घरदैलो तथा आम जनसमुदायसँग भेटघाट कार्यक्रम सम्पन्न गरेका छन्।

उम्मेदवार दासले आफ्नो चुनाव चिन्ह “आँखा” छापमा मतदान गरी विजयी बनाउन आग्रह गरेका थिए। भेटघाटका क्रममा स्थानीय बासिन्दाहरूले जित सुनिश्चित गर्न “आँखा” छापमा मतदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै उनीहरूले निर्वाचित भएपछि पनि निरन्तर जनतासँग सम्पर्कमा रहन सुझाव दिएका थिए।

कार्यक्रममा दासले जिल्लालाई कृषि तथा व्यापारिक हबका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले युवालाई परिवर्तनको संवाहक बनाउँदै समावेशी विकास र रोजगारी सृजनामा जोड दिने बताएका छन्।

निर्वाचन नजिकिँदै जाँदा पर्सा–२ मा पनि चुनावी गतिविधि तीव्र बन्दै गएको छ।


सम्बन्धित समाचार