Logo

९ फागुन,वीरगञ्ज । नेकपा (एमाले) का युवा नेता एवं पूर्व मधेश प्रदेश कमिटी सदस्य सञ्जीव मिश्रले पार्टी परित्याग गर्ने निर्णय सार्वजनिक गर्नुभएको छ। करिब १५ वर्षदेखि एमालेमा आबद्ध रहेर विभिन्न जिम्मेवारी सम्हाल्नुभएका मिश्रले आज एक प्रेस नोट जारी गर्दै यो जानकारी दिनुभएको हो।

मिश्रले पार्टीको संगठन निर्माणमा लामो समय खर्चिनुभएका छन्। उहाँले युवा फाँट, जिल्ला कमिटी सदस्य, उप–सचिव र मधेश प्रदेश कमिटी सदस्य जस्ता महत्त्वपूर्ण पदहरूमा काम गरिसक्नुभएको थियो।

पार्टी छोड्ने निर्णयको कारणबारे मिश्रले भन्नुभएको छ, “१५ वर्षसम्म पार्टी, विचार र संगठनका लागि इमानदारीपूर्वक योगदान दिएँ। तर, बदलिँदो समय, आफ्नो राजनीतिक सोच र आत्मसम्मानलाई मध्यनजर गर्दै आजबाट एमालेसँगको यात्रा टुङ्ग्याउने निर्णयमा पुगेको छु।”

आफ्नो लामो राजनीतिक यात्रामा सहयोग गर्ने नेता, कार्यकर्ता र शुभेच्छुकहरूलाई आभार प्रकट गर्दै मिश्रले आगामी दिनमा पनि जनताको हित र सत्यको राजनीतिमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

मिश्रको यो घोषणा सँगै आगामी राजनीतिक कदम र नयाँ दिशा कस्तो हुने हो भन्ने विषयमा चासो बढेको छ।

<


सम्बन्धित समाचार