११ फागुन,वीरगञ्ज । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा देशभर चुनावी माहोल तातिरहेको छ। निर्वाचन नजिकिएसँगै उम्मेदवारहरू मतदाता भेटघाट र घरदैलो अभियानमा सक्रिय बनेका छन्। यसैक्रममा प्रगतिशील लोकतान्त्रिक पार्टीका अमिताभ बच्चन दासले पर्सागढी नगरपालिका–४ मा आम जनसमुदायसँग भेटघाट र घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।
कार्यक्रममा स्थानीयले उनलाई आफ्नो मतदाताको विश्वासको केन्द्र र परिवर्तनका प्रतीकको रूपमा स्वीकार गर्दै चुनाव चिन्ह आँखा छापमा मतदान गर्ने प्रतिबद्धता जनाएका छन्। साथै जनताले अमिताभ बच्चन दाससँग नियमित संवाद कायम राख्न सुझाव पनि दिएका छन्।
उम्मेदवार दासले पर्सा–२ मा कृषि, व्यावसायिक विकास र सामाजिक न्याय स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्दै क्षेत्रका समस्याबारे प्रत्यक्ष संवादमार्फत जनताको आवश्यकता बुझ्ने आश्वासन दिएका छन्। कार्यक्रमले स्थानीय समुदाय र उम्मेदवारबीच विश्वास र प्रत्यक्ष संलग्नता बढाउने अवसर प्रदान गरेको छ।
यो अभियानले पर्सा–२ को निर्वाचनलाई थप रोचक बनाएको र मतदाताको सक्रिय सहभागिताले क्षेत्रीय राजनीतिक माहोल तातिएको देखिन्छ।

















