Logo

१२ फाल्गुण, काठमाडौं । नेपाल बीमा प्राधिकरणले आफूसँग रहेको निष्क्रिय मौज्दात रकमलाई उत्पादक क्षेत्रमा परिचालन गर्ने उद्देश्यका साथ विभिन्न वाणिज्य तथा विकास बैंकहरूको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।

प्राधिकरणको लगानी नीति अनुसार बैंकहरूमा निक्षेप राख्नका लागि इच्छुक वित्तीय संस्थाहरूबाट शिलबन्दी दरभाउपत्र आह्वान गरिएको हो । यस प्रक्रियामा सहभागी हुन चाहने बैंकहरूले आफूले दिन सक्ने अधिकतम ब्याजदर र अन्य वित्तीय सूचकहरू स्पष्ट उल्लेख गरी ७ दिनभित्र आवेदन पेस गर्नुपर्नेछ । प्राधिकरणले लगानी गरिने कुल रकमको खुलासा नगरे पनि पेस गरिने दरभाउपत्रको मान्यता अवधि कम्तीमा १५ दिनको हुनुपर्ने सर्त राखेको छ ।

लगानीको सुरक्षा र पारदर्शितालाई ध्यानमा राख्दै प्राधिकरणले प्रस्ताव पेश गर्ने बैंकहरूको स्वास्थ्य परीक्षणका लागि विभिन्न कडा मापदण्डहरू तय गरेको छ । इच्छुक बैंकहरूले आफ्नो पछिल्लो त्रैमासिक वित्तीय विवरण, विगत तीन वर्षको नाफा-नोक्सानको स्थिति, निष्कृय सम्पत्ति, कर्जा निक्षेप अनुपात र पूँजी पर्याप्तता कोषको विस्तृत विवरण अनिवार्य रूपमा बुझाउनुपर्नेछ । यी वित्तीय सूचकाङ्कहरूको मसिनो विश्लेषण गरेपछि मात्रै प्राधिकरणले बढी प्रतिफल र कम जोखिम भएका बैंकहरूलाई आफ्नो निक्षेपका लागि छनोट गर्नेछ ।


सम्बन्धित समाचार