१३ फागुन,वीरगञ्ज । जनता समाजवादी पार्टी, नेपाल परित्याग गर्दै पर्सागढी नगरपालिका–४ हरदासपुर थरुवान टोल का २५१ जना युवा तथा महिलाहरू नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा प्रवेश गरेका छन्।
आयोजित कार्यक्रममा नवप्रवेशीहरूलाई एमालेका जिल्ला उप–सचिव नबिजान अंसारी, नेता प्रदुमन प्रसाद यादव, सफीदेवान, अशोक यादव तथा रमेश यादवलगायतले गम्छा ओढाएर र टीका लगाएर स्वागत तथा सम्मान गरेका थिए।
कार्यक्रममा बोल्दै नेताहरूले एमालेको नीति, विचार तथा विकासमुखी एजेण्डाबाट प्रभावित भई ठूलो संख्यामा युवा र महिलाहरू पार्टीमा आबद्ध भएको दाबी गरे। उनीहरूले राष्ट्र निर्माण, सुशासन र समृद्धिका लागि एमालेको नेतृत्व आवश्यक रहेको धारणा व्यक्त गरे।
नवप्रवेशीहरूले पर्सा निर्वाचन क्षेत्र नं. २ की उम्मेदवार रिमा यादव लाई विजय गराउन एकजुट भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, देश र क्षेत्रको समग्र विकासका लागि सक्रिय भूमिका निर्वाह गर्ने प्रतिवद्धता समेत जनाएका छन्।
कार्यक्रममा स्थानीय कार्यकर्ता तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको जनाइएको छ।

















