१५ फागुन,वीरगञ्ज । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा देशभर चुनावी माहोल तातिरहेको छ। पर्सा क्षेत्र नम्बर–२ का प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोकपा) का उम्मेदवार अमिताभ बच्चन दासले आज बिरगंज महानगरपालिका–१७ मा आम जनसमुदायसँग भेटघाट र घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।
कार्यक्रममा उपस्थित मतदाताले उनलाई आफ्नो पूर्ण समर्थन दिने र निर्वाचनमा “आँखा छाप” मा मतदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। मतदाताहरूले आगामी दिनमा यसरी नै निरन्तर जनसम्पर्क कायम राख्न दासलाई सुझाव दिएका थिए।
उम्मेदवार दासले कार्यक्रममा वीरगञ्जलाई आर्थिक राजधानी बनाउन, उद्योग–व्यवसाय संचालनको लागि अनुकूल वातावरण तयार पार्न, गुणस्तरीय सडक, बिजुली र शुद्ध खानेपानीको पहुँच सुनिश्चित गर्न प्रतिबद्धता व्यक्त गरेका छन्। उनले स्थानीय विकास, रोजगारी सृजना र नागरिकको जीवनस्तर सुधारलाई आफ्नो प्राथमिकतामा राख्ने बताएका छन्।
दासले मतदातासँग प्रत्यक्ष संवादमार्फत स्थानीय समस्या बुझ्ने र तिनको समाधानमा सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन्। पार्टीका कार्यकर्ताहरू र स्थानीय समर्थकको साथमा सम्पन्न यो घरदैलो कार्यक्रमले उम्मेदवार र मतदाताबीचको विश्वास र संवाद अझ बलियो बनाएको छ।
राजनीतिक विश्लेषकहरूले भने पर्सा–२ मा चुनावी प्रतिस्पर्धा तीव्र र रोचक हुने देखिएको बताएका छन्, र जनसम्पर्कमा आधारित अभियानले मतदातामा प्रत्यक्ष प्रभाव पार्ने बताएका छन्।

















