प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

 १६ फागुन,काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै फागुन १८ गतेदेखि मतदानको दिन फागुन २१ सम्म रात्रिकालीन व्यवसाय बन्द गर्ने निर्णय गरेको छ।

जारी सूचनाअनुसार राति ९ बजेपछि कुनै पनि व्यवसाय सञ्चालन गर्न पाइने छैन। सूचनामा भनिएको छ, “अर्को निर्णय नभएसम्मका लागि राति ९ बजेसम्म मात्र सञ्चालन गर्ने र तत्पश्चात सम्पूर्ण व्यवसायीहरु बन्द गर्न/गराउनुहुन सम्बन्धित सरोकारवालाहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।”

निर्वाचन अवधिमा सुरक्षाको व्यवस्था सुनिश्चित गर्न र मतदाता प्रभावित नहुने गरी व्यवसायीहरूले नियम पालना गर्न प्रशासनले अनुरोध गरेको छ।


सम्बन्धित समाचार