प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

 १६ फागुन,काठमाडौं । विश्वप्रकाश शर्माले नेपाली कांग्रेसको चुनावी सभामा प्राविधिक जनशक्ति, इन्जिनियर, निर्माण व्यवसायी र श्रमिकलाई दोष दिने शैली गलत भएको औँल्याउँदै भने, “उत्तेजनामा आएर भाषण गर्ने मात्रले देश निर्माण हुँदैन। देश बनाउन स्पष्ट दृष्टिकोण, योजनाबद्ध कार्यशैली र निरन्तर परिश्रम आवश्यक छ।”

शर्माले देश निर्माणको लागि केवल पैसाले काम नहुने र सोच तथा संकल्पको आवश्यकता रहेको बताए। उनले नेपाली कांग्रेसले विकास निर्माणका कामलाई तीव्रता दिन तीन सिफ्टमा काम गर्ने योजना अघि सारेको जानकारी दिए।

“पहिले १० वर्षमा सकिनुपर्ने काम ३० वर्षमा सम्पन्न भएको छ, अब दिन-रात तीन सिफ्टमा काम गरेर ३० वर्षको काम १० वर्षमा सम्पन्न गर्न सकिन्छ,” शर्माले भने।

उनले नेपालमा प्रचलित “सूर्य अस्त, नेपाल मस्त” जस्ता सोच त्यागेर उत्पादनशील र परिणाममुखी कार्यसंस्कृति अपनाउनुपर्नेमा जोड दिए। देशलाई अघि बढाउन सबै क्षेत्रको सहकार्य, सकारात्मक सोच र कडा मेहनत आवश्यक रहेको उनको भनाइ थियो।

कार्यक्रममा डा चन्द्र भण्डारीसहित कांग्रेसका प्रदेश र जिल्ला स्तरका नेताहरूले पनि सम्बोधन गरेका थिए।


सम्बन्धित समाचार