प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

२० फागुन, धनुषा । धनुषा–४ मा मतदातालाई पैसा बाँडेको आरोपमा स्वतन्त्र उम्मेदवार राजकिशोर महरा पक्राउ परेका छन् ।

मंगलबार राति क्षिरेश्वरनाथ नगरपालिका–४ चन्द्रपुर क्षेत्रमा मतदातालाई रकम बाँडिरहेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

नेपाल प्रहरी को टोलीले राति करिब १२ बजे महरालाई नियन्त्रणमा लिएको थियो । उनको साथबाट ४८ हजार ५ सय रुपैयाँ नगद र हिसाब–किताब उल्लेख भएको डायरीसमेत बरामद गरिएको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी रुगमबहादुर कुँवरका अनुसार थप अनुसन्धान तथा कारबाहीका लागि उनलाई जिल्ला निर्वाचन कार्यालय धनुषा मा पठाइएको छ ।

स्थानीयका अनुसार महरा रघुवीर महासेठ निकट रहेको र उनी महासेठको ‘डमी उम्मेदवार’ भएको दाबी गरिएको छ । यसअघि पनि उनी महासेठको चुनावी प्रचार कार्यक्रममा देखिएको स्थानीयले बताएका छन् ।

प्रहरीले निर्वाचन आचारसंहिता उल्लंघनको विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।


सम्बन्धित समाचार