प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

२० फागुन, काठमाडौं । निर्वाचन आयोग ले आगामी निर्वाचनका लागि विकट तथा दुर्गम क्षेत्रको मतपेटिका ढुवानी र संकलन गर्न विशेष कार्ययोजना तयार पारेको छ ।

भौगोलिक रूपमा दुर्गम मानिएका हिमाली तथा पहाडी क्षेत्रमा निर्वाचन सामग्री, कर्मचारी र सुरक्षाकर्मी पुर्‍याउन तथा मतदानपछि मतपेटिका सुरक्षित रूपमा मतगणना स्थलसम्म ल्याउन हेलिकप्टरको प्रयोग गरिने आयोगले जनाएको छ ।

आयोगका सचिव कृष्णबहादुर राउतका अनुसार मतदानअघि नै हुम्लाडोल्पा का अति दुर्गम २७ स्थानमा हेलिकप्टरमार्फत मतपत्र, कर्मचारी र सुरक्षाकर्मी पुर्‍याइसकिएको छ । जसमध्ये डोल्पाका २३ र हुम्लाका ४ मतदान केन्द्र रहेका छन् ।

मतदान सम्पन्न भएपछि देशका विभिन्न १५ जिल्लाका ६१ दुर्गम स्थानबाट मतपेटिका संकलन गर्न पनि हेलिकप्टर प्रयोग गरिनेछ । ती स्थानहरूमा ताप्लेजुङ देखि दार्चुला सम्मका दुर्गम मतदान केन्द्र समेटिने आयोगले जनाएको छ ।

सुगम तथा सडक सञ्जाल जोडिएका क्षेत्रमा भने सवारी साधनमार्फत मतपेटिका संकलन गरिनेछ । मतपेटिका ढुवानी व्यवस्थित बनाउन आयोगले सबै ७७ जिल्ला प्रशासन कार्यालयलाई आवश्यक बजेट पठाइसकेको बताइएको छ ।

आयोगका अनुसार प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सुरक्षा निकायको समन्वयमा मतपत्रसहितका मतपेटिका कुल १६५ मतगणना स्थलमा पुर्‍याइनेछ ।


सम्बन्धित समाचार