प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

२१ फागुन,  काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह निर्वाचन आयोगको अनुमति नलिई हेलिकोप्टर चढेर झापा जान खोजेपछि फर्काइएको खुलासा भएको छ।

शाह काठमाडौँमा मतदान गरेपछि हेली एभरेस्टको हेलिकोप्टर चढेर झापातर्फ गएका थिए। तर उनले चढेको हेलिकोप्टरलाई झापामा अवतरण गर्न नदिई काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फर्काइएको स्रोतले जनाएको छ।

त्रिभुवन विमानस्थल उच्च स्रोतका अनुसार निर्वाचन आयोगबाट आवश्यक अनुमति नलिई उडान गरिएको देखिएपछि हेलिकोप्टरलाई ल्यान्ड गर्न नदिइएको हो।

‘निर्वाचन आयोगबाट अनुमति लिएको नदेखिएपछि हेलिकोप्टर फर्काइएको हो,’ स्रोतले जनाएको छ।


सम्बन्धित समाचार