Logo

७ चैत,काठमाडौं ।नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा सुरु भएको छ। पार्टीका एक पदाधिकारीका अनुसार, आजको बैठकका लागि दुई एजेन्डा तय गरिएको छ।

बैठकमा मुख्य रूपमा निर्वाचनको प्रारम्भिक समीक्षा र सभापति गगन थापाले उपसभापति मार्फत बुझाएको राजीनाबारे छलफल हुनेछ। गगन थापा हाल बैठकमा उपस्थित छैनन्।

पार्टी महामन्त्री गुरुराज घिमिरेका अनुसार, बैठक आज वा भोलि सकिनेछ र सभापतिको राजीनामाबारे आवश्यक निर्णय लिनेछ। उनले भने, “अर्को बैठकले नियमित महाधिवेशनको मिति घोषणा गर्नेछ।”

उपसभापति विश्वप्रकाश शर्माले सभापति थापाको राजीनामा बैठकमा प्रस्तुत गर्ने र अस्वीकृत प्रस्ताव पनि अघि बढाउने तयारी गरेका छन्।


सम्बन्धित समाचार