६ चैत,काठमाडौं । सहकारीमा फसेको बचत रकम फिर्ता गराउन काठमाण्डौको माइतीघरमा आज सहकारी पीडितहरूले विरोध प्रदर्शन गरेका छन्। उनीहरूले सरकारसँग पटक–पटक भएको सम्झौतापछि पनि न्याय नपाएको गुनासो गरेका छन्।
सहकारी पीडितका अनुसार, विगतमा सरकारसँग भएका सम्झौता कागजमै सीमित रहेकाले उनीहरू अझै आर्थिक र मानसिक रूपमा प्रभावित छन्। उनीहरूले आफ्नो बिचल्ली र कठिन परिस्थितिको कारण सडकमा आन्दोलन गर्नुपरेको बताएका छन्।
अन्तरिम सरकारको ध्यानाकर्षण गर्न र नयाँ बन्ने सरकारलाई सचेत गराउन पीडितहरूले यो प्रदर्शन आवश्यक भएको उल्लेख गरेका छन्।

















