Logo

६ चैत,काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा सभापति गगनकुमार थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस भएको छ।

उपसभापति विश्वप्रकाश शर्माले पार्टीको चुनावी समीक्षा प्रतिवेदन प्रस्तुत गर्दै सभापतिको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव राखेका हुन्। उनले सभापतिको नेतृत्वको मूल्याङ्कन गर्दा ५० दिनको छोटो अवधिमा पूर्ण निष्कर्ष निकाल्न उचित नभएको बताए।

शर्माले भने, “राजीनितमा हनुमुन पिरियड भनिन्छ। विशेष महाधिवेशनबाट नयाँ नेतृत्व आएको ५० दिनको छोटो अवधिमा कसैले दिग्विजयको परिणाम खोज्नु युक्तिसंगत र न्यायपूर्ण हुँदैन। प्रतिकूल परिस्थितिलाई चिरेर पार्टीलाई अनुकूलतामा पुर्‍याउने कमान्ड छोडेर पदत्याग गर्नु संगठनप्रति न्याय हुँदैन।”

उपसभापतिले सभापतिको नैतिक जिम्मेवारी र भावनालाई उच्च कदर गर्दै बैठकले राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको जानकारी दिएका छन्। उनले यस निर्णयले पार्टीलाई स्थिरता र सकारात्मक नेतृत्वको संकेत दिने विश्वास व्यक्त गरे।


सम्बन्धित समाचार