Logo

६ चैत,काठमाडौं ।बुटवलसहित लुम्बिनी प्रदेशका पश्चिमी भागमा ठूलो हावाहुरी चलेको छ। हल्का वर्षासँगै हावाहुरी चलेपछि दिउँसो अँध्यारो भएको छ।

मौसम विज्ञान विभागले दाङ, बाँके र अन्य जिल्लामा ठूलो हुरीसहित वर्षा हुने सम्भावना व्यक्त गर्दै सतर्क रहन आग्रह गरेको थियो।

विभागले यस्तो अवस्थामा रूख ढल्ने, कमजोर संरचना उड्ने र विद्युत् तथा सञ्चार सेवा प्रभावित हुने जोखिम रहेको भन्दै स्थानीयहरुलाई सावधानी अपनाउन सुझाएको छ।


सम्बन्धित समाचार