Logo

६ चैत,हेटौँडा । मकवानपुरको भीमफेदी–८ गंगटे क्षेत्रमा शुक्रबार दिउँसो परेको वर्षाका कारण छोटो दूरीको काठमाडौँ–जोड्ने कान्तिलोक पथ अवरुद्ध भएको छ। सडकखण्डको माथिल्लो भागबाट ढुङ्गा र ग्राभेलसहितको पहिरो खस्दा सवारी आवागमन ठप्प भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक पुष्कर बोगटी का अनुसार इलाका प्रहरी कार्यालय ठिंगनबाट प्रहरी टोली खटाइएको छ र स्थानीय तह तथा डिभिजन सडक कार्यालयसँगको समन्वयमा सडक खोल्ने प्रयास भइरहेको छ।

कान्तिलोक पथ सडक आयोजना अन्तर्गत मकवानपुरतर्फको खण्ड चौडा पार्ने र कालोपत्रे गर्ने काम भइरहेको छ। पहिरो खसेको स्थान इलाका प्रहरी कार्यालय ठिंगनबाट करिब ६ किलोमिटर उत्तरमा पर्छ। प्रहरी र स्थानीय टोलीले सडक स्तरोन्नति कार्य पूरा भएपछि मात्र सामान्य आवागमन सहज हुने जनाएका छन्।


सम्बन्धित समाचार