Logo

१८ चैत,वीरगञ्ज । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ दासढुंगामा रोकिराखेको तेल ट्याङ्करमा यात्रुबाहक बस ठोक्किँदा १३ जना घाइते भएका छन्।

वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ७०३६ नम्बरको बसले सडक किनारमा रोकी राखिएको ना ४ ख २५०३ नम्बरको तेल ट्याङ्करलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुर्घटनालगत्तै घाइते यात्रुहरूको उद्धार गरी भरतपुरस्थित नेशनल सिटी अस्पतालमा उपचारका लागि पठाइएको थियो। अस्पताल स्रोतका अनुसार घाइतेमध्ये केहीको अवस्था सामान्य, केहीको मध्यम र दुई जनाको अवस्था गम्भीर रहेको छ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतिक सिंहका अनुसार दुर्घटनापछि बस चालक र ट्याङ्कर चालक दुवै फरार रहेका छन्। उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।


सम्बन्धित समाचार