Logo

२९ चैत, काठौमाडौँ । भारतको उत्तर प्रदेशस्थित यमुना नदीमा भएको भीषण डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ । श्रद्धालुहरू सवार डुङ्गा नदीको बीचमा पल्टिँदा भएको उक्त दुर्घटनामा परी अझै ५ जना बेपत्ता रहेका छन् ।

स्थानीय प्रहरीका अनुसार दुर्घटनालगत्तै सुरु गरिएको उद्धार कार्यमा २२ जनालाई जीवितै नदीबाट बाहिर निकाल्न सफल भइएको छ । उद्धार गरिएकाहरूलाई तत्काल उपचारका लागि नजिकैको अस्पताल पठाइएको छ । डुङ्गामा क्षमताभन्दा बढी यात्रु रहेका कारण सन्तुलन बिग्रिएर दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

दुर्घटना भएको एक दिन बितिसक्दा पनि बेपत्ता रहेका ५ जनाको अवस्था अझै अज्ञात छ । उनीहरूको खोजीका लागि गोताखोर र विपद् व्यवस्थापन टोली निरन्तर परिचालन गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

मृतकका परिवारमा शोक छाएको छ भने घाइतेहरूको उपचार जारी रहेको छ । उत्तर प्रदेश सरकारले घटनाप्रति दुःख व्यक्त गर्दै उद्धार र राहतमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएको छ ।


सम्बन्धित समाचार