Logo

११ वैशाख,बारा । बारा २ को मतगणना सुरु भएको छ । कलैस्थित शिक्षा तालिम केन्द्रमा मतगणना सुरु भएको हो । करैयामाई गाउपालिका र सुर्वण गाउँपालिकाबाट मत गणना थालिएको हो ।

ती पालिकाका ६, ६ वटा मतपेटिका खोलिएको छ । यसअघि मत गणनास्थलमा बस्ने उम्मेदवारका प्रतिनिधि समयमा नआउँदा मत गणनामा ढिलाई भएको थियो ।आइतबार भएको उपनिर्वाचनमा बारामा करिब ६५ प्रतिशत मतदान भएको छ । बारा–२ मा ६५ प्रतिशत मत खसेको थियो।

त्यहाँबाट ३४ उम्मेदवार चुनावी मैदानमा रहेपनि जसपा अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका शिवचन्द्र कुशवाहाबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। एमालेका पुरुषोत्तम पौडेल र रास्वपाका रमेश खरेल पनि मैदानमा छन्।


सम्बन्धित समाचार