Logo

 २ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता दीपक खड्कालाई थुनामै राख्न सर्वोच्च अदालतले आदेश दिएको छ।

खड्काकी श्रीमती विनिता थापाले दायर गरेको बन्दीप्रत्यक्षीकरण (ह्याबियस कोर्पस) रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र शान्ति सिंह थापाको इजलासले उनलाई थुनामै राख्ने आदेश दिएको हो।

अदालतले प्रारम्भिक सुनुवाइपछि दायर रिटमा उठाइएका कानुनी प्रश्नहरूलाई आधार मान्दै तत्काल रिहाइको माग अस्वीकार गरेको बताइएको छ।

यससँगै खड्काको थुनाबारेको कानुनी प्रक्रिया अदालतमा अघि बढ्ने भएको छ।


सम्बन्धित समाचार
भर्खरै