Logo

११ वैशाख, बारा ।बारा प्रतिनिधि सभा क्षेत्र नम्बर–२ मा भएको उपनिर्वाचनको मतगणनामा जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवसँगलाई पछि पार्दै अघि बढ्नु भएको छ ।

बारा–२ मा सार्वजनिक भएको मतगणना अनुसार कुशवाहाले ८९५ मत पाउँदा यादवले ७८७ मत सहित पछि हुनुहुन्छ ।
एमालेका पुरुषोत्तम पौडेलले ५२३ मत पाउनु भएको छ भने रास्वापाका रमेश खरेलले २३९ र आम जनता पार्टीका अरुण कुमार ज्ञवालीले ८० मत प्राप्त गर्नुभएको छ ।


सम्बन्धित समाचार