Logo

५ वैशाख,काठमाडौं । मोरङको विराटनगर महानगरपालिका–१२ स्थित होटल इस्टर्न स्टारमा अवैध रूपमा धर्म प्रचार भइरहेको अवस्थामा प्रहरीले ६ जना सिंगापुरका नागरिकलाई नियन्त्रणमा लिएको छ।

शनिबार बिहान होटलको सभा हलमा ‘लाफिङ बुद्ध’ सम्बन्धी धार्मिक कार्यक्रम सञ्चालन भइरहेको विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइराला ले जानकारी दिए।

पक्राउ पर्नेहरूमा कार्यक्रमका मुख्य नेतृत्वकर्ता सिंगापुरका नागरिक को वी हक र लोह ली पेङसहित ६ जना विदेशी नागरिक रहेका छन्। उनीहरूसँगै नेपाली सहयोगी निरा राजभण्डारी र १६ वर्षमुनिका १२ जना किशोरीसहित कुल ३० जना कार्यक्रममा सहभागी रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सभाहलभित्र लाफिङ बुद्धको मूर्ति राखेर गौतम बुद्धको शिक्षाका नाममा प्रशिक्षण दिने बहानामा धर्म प्रचार भइरहेको भेटिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


सम्बन्धित समाचार