५ वैशाख,काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले आगामी बुधबारसम्म कुनै ठूलो सम्झौता नभए इरान मा पुनः सैन्य कारबाही (बमबारी) सुरु हुन सक्ने चेतावनी दिएका छन्।
शनिबार पत्रकारहरूको प्रश्नको जवाफ दिँदै ट्रम्पले युद्धविराम अवधि बढाउने सम्भावना कम रहेको संकेत गरेका हुन्। “सायद म यसलाई अगाडि बढाउने छैन, तर नाकाबन्दी जारी रहन्छ। अपसोच के छ भने फेरि बमबारी सुरु गर्नुपर्ने हुन सक्छ,” उनले भने।
यद्यपि उनले मध्यपूर्वमा परिस्थितिमा सुधारको संकेत देखिन थालेको पनि बताएका छन्। “इरानसँगको अवस्था राम्रो हुने सम्भावना देखिँदैछ,” ट्रम्पको भनाइ उद्धृत गरिएको छ।
अमेरिका र इरानबीचको वर्तमान युद्धविराम सहमतिको अवधि आगामी बुधबार (अप्रिल २२) मा सकिँदैछ। यसैबीच पाकिस्तानमा भएको शान्ति वार्ता असफल भएपछि तनाव अझै कायमै रहेको बताइएको छ।
दुबै पक्षबीच पुनः वार्ता हुने सम्भावना भने कायमै रहेको कूटनीतिक स्रोतहरूले जनाएका छन्।


















