Logo

११ वैशाख, काठमाडौं । त्रिभुवन विमानस्थलबाट उडेको फ्लाइ दुबईको जहाज सुरक्षित रुपमा गन्तव्यतर्फ गएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले बताएका छन् ।

सोमबार त्रिभुवन विमानस्थलबाट उडेको केहीबेरमा विमानमा आगलागी भएको देखिएको थियो । त्यसपछि त्रिभुवन विमानस्थल नागरिक उड्डयन प्राधिकरणले विमान फर्किन सक्ने बताएका थियो ।

तर विमान गन्तव्यतर्फ गएको मन्त्री किरातीले फेसबुकमार्फत जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘फ्लाइ दुबई जहाज सुरक्षित आफ्नो गन्तव्यतिर जाँदैछ, कोही चिन्ता नगर्नुहोला, सबैलाई शुभयात्रा ।’

सोमबार राति आकाशमा उडिरहेको फ्लाइ दुबईको जहाजमा समस्या देखिएको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ।

त्रिभुवन विमानस्थल नजिकको जहाजमा असामान्य झिल्का देखिएको र केही असामान्य आवाज समेत आएको विमानस्थल स्रोतले जनाएको छ । जहाजलाई विमानस्थलमा अवतरणको प्रयास भइरहेको छ।

उक्त जहाजलाई आकस्मिक अवतरण गराउने प्रयास भइरहेको विमानस्थलका प्रमुख प्रकाशबाबु तिवारीले बताएका थिए । फ्लाइ दुबईको जहाजमा प्राविधिक समस्या देखिएपछि आकस्मिक अवतरणको प्रयास गर्एिको थियो ।

उनका अनुसार विमानस्थलमा दमकल परिचालन गरिएको छ । विमानस्थलमा एम्बुलेन्स र दमकलसहितका सुरक्षा दस्ता स्ट्यान्डबाइ रहेका थिए ।

१२० विदेशी र ४९ जना नेपाली यात्रु बोकेको फ्लाई दुबईको जहाजमा समस्या देखिएको हो ।


सम्बन्धित समाचार