Logo

९ वैशाख,वीरगञ्ज । सामाजिक सेवामा सक्रिय संस्था उपकार सेवा नेपालले वीरगञ्ज महानगरपालिका वडा नं. २२, मनोयारी निवासी शारीरिक रूपमा पूर्ण अपाङ्गता भएका दलित मुसहर समुदायका एक असहाय व्यक्तिलाई ह्विलचेयर सहयोग प्रदान गरेको छ।

संस्थाकी अध्यक्ष विद्या कुमारी सरावगीले एक कार्यक्रमका बीच उक्त ह्विलचेयर हस्तान्तरण गर्नुभएको हो। कार्यक्रममा समाजसेवी प्रकाश थारु लगायत स्थानीय भद्रभलादमीहरूको उपस्थिति रहेको थियो।

उपकार सेवा नेपालले यसअघि पनि विभिन्न दूरदराजका गाउँहरूमा पुगेर असहाय तथा निसहाय व्यक्तिहरूलाई आवश्यकताअनुसार सहयोग प्रदान गर्दै आएको जनाएको छ। संस्थाले आगामी दिनमा पनि यस्ता सामाजिक सेवामूलक गतिविधिहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।


सम्बन्धित समाचार
भर्खरै