Logo

१२ वैशाख,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर १० को वडा कार्यालयले शनिबार आयोजना गरेको रक्तदान कार्यक्रममा ३९ जनाले रगत दान गरेका छन्।

घडिअर्वा स्पोर्ट्स क्लब र पशुपति आदर्श क्लबको सहकार्यमा आयोजित कार्यक्रममा दुई महिलासहित ३९ जनाले रक्तदान गरेका हुन्।

कार्यक्रमको शुभारम्भ पर्सा क्षेत्र नम्बर २ का सांसद सुशील साह कानुले स्वयं रगत दान गरेर गरेका थिए। कार्यक्रममा सन्तोष कानु, लखनलाल गुप्ता, जितेन्द्र सर्राफ, डा. उमेश कुशवाहा, अमृत नगरकोटी, राजबाबु गुप्ता, रोशन कुमर्मी, श्यामबाबु कलवार, जितेन्द्र कुशवाहा, रामनारायण साह, कन्हैया सर्राफ लगायतले रक्तदान गरेका थिए।

कार्यवाहक वडाध्यक्ष सन्तोष जैसीको अध्यक्षता तथा सांसद कानुको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वीरगन्ज–१० का बासिन्दालाई आवश्यक पर्दा रक्त सञ्चार केन्द्रबाट निःशुल्क रगत उपलब्ध गराउने विषयमा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखा र वडा कार्यालयबीच सम्झौतापत्रमा हस्ताक्षर पनि गरिएको छ।

सम्झौता अनुसार रक्त सञ्चार केन्द्रबाट रगत लिन जाँदा लाग्ने शुल्क वडा कार्यालयले व्यहोर्ने व्यवस्था गरिएको नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका राजन श्रीवास्तवले जानकारी दिए।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका मन्त्री विनोद गिरी, रक्त सञ्चार केन्द्र वीरगन्जका प्राविधिक प्रमुख सौरभराज पाण्डे, वडा सदस्यहरू प्रभु महतो, मिश्रादेवी नगरकोटी, प्रमिला देवी, वडा कार्यालयका सचिव पवन प्रधान, घडिअर्वा स्पोर्ट्स क्लबका अध्यक्ष सन्तोष कानु, पशुपति आदर्श क्लबका अध्यक्ष सन्तोष गुप्ता, मनोजहर साह, दिलिप साह कानु, राजेश सिंह लगायतको उपस्थिति रहेको थियो।


सम्बन्धित समाचार
भर्खरै