Logo

१३ वैशाख,वीरगञ्ज । बाराको विश्रामपुर गाउँपालिकामा जारी श्री लक्ष्मीनारायण महायज्ञमा आज विहान मोटरसाइकल र दानपेटी चोरी गरी भाग्दै गरेका ४ जना पक्राउ परेका छन् । भारत बिहार रक्सौलको नकरदेही–३ श्रीसिया टोल निवासी उदय कुमार पण्डित, सोही ठाँउका वडा नम्बर २ बस्ने फैयाज आलम, वडा नं. ४ निवास लालु कुमार कोईरी र पर्साको बिन्दवासनी गाउँपालिका वडा नम्बर २ नगरदाहा निवासी अलाउदिन आलम पक्राउ परेका हुन् ।

महायज्ञको मेला घुम्न आएका खेखरिया नोनियाडिह पंचायत पुर्वी चम्पारण बिहार रक्सौल बस्ने ताराचन्द साह तुरहाको बिआर ०५ ३४६५ नम्बरको सुपरस्पेलेन्डर मोटरसाइकल र महायज्ञमा राखिएको दानपेटी समेत लिएर भाग्न खोजेका थिए ।

सोही महायज्ञमा सुरक्षार्थ खटिएका स्वमसेवकहरुले ४ जनालाई नियन्त्रणमा लिएर मुसहर्वा प्रहरी चौकीको जिम्मा लगाएको छ ।
उनीहरु हाल ईलाका प्रहरी कार्यालय प्रसौनी बाराको नियन्त्रणमा रहेको विश्रामपुर गाउँपालिका वडा नं ४ बलीरामपुर निवासी मनोज कुमार गुप्ताले बताउनुभयो ।


सम्बन्धित समाचार