Logo

 २२ वैशाख,काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेल ले सरकारको सिफारिसमा ८ वटै अध्यादेश जारी गरेका छन्। प्रधानमन्त्री बालेन शाह नेतृत्वको मन्त्रिपरिषद् बैठकले सिफारिस गरेका ती अध्यादेश मंगलबार संविधानको धारा ११४ (१) बमोजिम जारी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

जारी भएका अध्यादेशमध्ये संवैधानिक परिषद्सम्बन्धी अध्यादेश प्रमुख रहेको छ। यसअघि राष्ट्रपति पौडेलले सोही अध्यादेश पुनर्विचारका लागि फिर्ता पठाएका थिए। तर सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सोही अध्यादेशलाई पुनः हुबहु सिफारिस गरेपछि अन्ततः राष्ट्रपतिबाट स्वीकृति प्राप्त भएको हो।

यसअघि वैशाख १७ देखि २० गतेसम्म चरणबद्ध रूपमा विभिन्न अध्यादेश जारी भएका थिए। तीमध्ये केही नेपाल ऐन संशोधन, स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी व्यवस्था, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था, विश्वविद्यालय सम्बन्धी संशोधन, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तेस्रो संशोधन, सार्वजनिक खरिद दोस्रो संशोधन तथा सहकारी ऐन पहिलो संशोधनसम्बन्धी अध्यादेशहरू रहेका छन्।

सरकारले गत वैशाख १४ गतेको मन्त्रिपरिषद् बैठकबाट अध्यादेश सिफारिस गरेको थियो। लगातार जारी भएका यी अध्यादेशहरूले प्रशासनिक तथा कानुनी संरचनामा महत्त्वपूर्ण परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार
भर्खरै