Logo

२२ बैशाख, काठमाडौँ । प्रदर्शनको पर्खाइमा रहेको चलचित्र ‘लालीबजार’ को विवादमा उच्च अदालत पाटनले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) सँग सम्बन्धित सक्कल फाइल झिकाउन आदेश दिएको छ ।

न्यायाधीशद्वय गीताप्रसाद तिम्सिना र दीपक खनालको संयुक्त इजलासले मङ्गलबार सुनुवाइ गर्दै चलचित्रलाई प्रदर्शन अनुमति दिँदाका सम्पूर्ण कागजातहरू उपलब्ध गराउन आदेश दिएको हो । अदालतका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाका अनुसार सेन्सर बोर्डको प्रक्रिया र निर्णय बुझ्न सक्कल फाइल माग गरिएको हो ।

अदालतले यसअघि जारी गरेको अन्तरिम आदेशलाई समेत निरन्तरता दिँदै चलचित्रको प्रदर्शनमा बुधबारसम्म रोक लगाएको छ । रोशनी नेपालीले चलचित्रका केही दृश्य र संवादप्रति कडा आपत्ति जनाउँदै रिट दायर गरेपछि अदालतले १५ वैशाखमा तत्कालका लागि प्रदर्शन नगर्न आदेश दिएको थियो ।

१८ वैशाखदेखि सार्वजनिक प्रदर्शनको तयारीमा रहेको यम थापा निर्देशित यस चलचित्रको भविष्य अब बुधबार हुने छलफल र अदालतको अन्तिम निर्णयमा निर्भर हुने देखिएको छ ।


सम्बन्धित समाचार
भर्खरै