Logo

२३ वैशाख,काठमाडौं । सरकारले सरकारी कर्मचारीका १२ वटा ट्रेड युनियन संगठनहरूको दर्ता खारेज गरेको छ। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले बुधबारको निर्णयअनुसार विभिन्न निजामती कर्मचारी तथा स्वास्थ्यकर्मीका युनियनहरू खारेज गरिएको जनाएको हो।

खारेज हुने संगठनहरूमा ८ वटा निजामती कर्मचारीका र ४ वटा स्वास्थ्यकर्मीका ट्रेड युनियन रहेका छन्।

निजामतीतर्फ खारेज भएका संगठनहरूमा नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, नेपाल मधेशी निजामती कर्मचारी मञ्च, एकीकृत सरकारी कर्मचारी संगठन र स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन रहेका छन्।

त्यसैगरी स्वास्थ्यकर्मीसम्बन्धी खारेज हुने युनियनहरूमा नेपाल स्वास्थ्यकर्मी संघ, मधेशी स्वास्थ्यकर्मी फोरम नेपाल, नेपाल स्वास्थ्यकर्मी युनियन, स्वास्थ्यकर्मी युनियन नेपाल, राष्ट्रिय स्वास्थ्यकर्मी संघ र राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठन रहेका छन्।

सरकारी निर्णयपछि सम्बन्धित युनियनहरूको गतिविधि र संगठनात्मक संरचना प्रभावित हुने देखिएको छ। यस कदमले कर्मचारी संगठनहरूको भविष्य र उनीहरूको अधिकारसम्बन्धी बहसलाई पुनः चर्काउने अनुमान गरिएको छ।


सम्बन्धित समाचार