Logo
राष्ट्रिय भूमि आयोगलाई निर्वाचन आयोगको निर्देशन

३० भदौ, काठमार्डौ । निर्वाचन आयोगले लालपुर्जा वितरण लगायत जग्गा नाप नक्सा सम्बन्धी सम्पूर्ण कार्य तत्काल रोक्न राष्ट्रिय भूमि आयोगलाई निर्देशन दिएको छ । आसन्न आमनिर्वाचनमा स्वच्छता र निष्पक्षताका लागि भन्दै आयोगले निर्वाचन सम्पन्न नभएसम्म आफू र आफ्नो मातहतबाट हुने कार्य बन्द गर्न भूमि आयोगलाई बिहीबार निर्देशन दिएको हो ।