Logo

३० भदौ, काठमार्डौ ।
निर्वाचन आयोगले लालपुर्जा वितरण लगायत जग्गा नाप नक्सा सम्बन्धी सम्पूर्ण कार्य तत्काल रोक्न राष्ट्रिय भूमि आयोगलाई निर्देशन दिएको छ ।
आसन्न आमनिर्वाचनमा स्वच्छता र निष्पक्षताका लागि भन्दै आयोगले निर्वाचन सम्पन्न नभएसम्म आफू र आफ्नो मातहतबाट हुने कार्य बन्द गर्न भूमि आयोगलाई बिहीबार निर्देशन दिएको हो ।
आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले बिहिवार विज्ञप्ति निकालेर आसन्न निर्वाचनमा स्वच्छता र निष्पक्षता कायम राख निर्वाचन सम्पन्न नभएसम्मका लागि आफू र आफ्नो मातहतबाट हुने र भइरहेका जग्गा वितरणसम्बन्धी निवेदन लिने, जग्गा नापजाँच गर्ने र जग्गाको निस्सा तथा लालपुर्जा वितरण गर्नेलगायतका सम्पूर्ण कार्यहरु तत्काल स्थगित गरी सोको यथार्थ जानकारी दुई दिनभित्र निर्वाचन आयोगलाई दिन राष्ट्रिय भूमि आयोग काठमाडौंलाई निर्देशन दिएको छ ।’
यस्तै नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहलाई वैदेशिक भ्रमण नगर्न÷नगराउन पनि आयोगले निर्देशन दिएको छ । ’सम्बन्धित आयोजक तथा प्रायोजकबाट सम्पूर्ण खर्चहरू बेहोर्ने गरी स्वीकृत गरिने वैदेशिक भ्रमणबाहेक नेपाल सरकारलाई प्राप्त हुने अनुदान तथा सहयोग रकमबाट र नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको कोषबाट कुनै पनि रकम खर्च हुने गरी गरिने वैदेशिक भ्रमण नगर्न÷नगराउन नेपाल सरकार, ७ वटै प्रदेश सरकार र ७५३ वटै स्थानीय तहहरूलाई निर्देशन दिएको छ,’ आयोगको विज्ञप्तिमा उल्लेख छ ।


.


सम्बन्धित समाचार