१४ जेठ, काठमाडौं । भारतमा पुनः सक्रिय बन्दै गएको कोरोना संक्रमणका कारण अहिलेसम्म १२ जनाको मृत्यु भइसकेको छ। पछिल्लो तथ्यांकअनुसार विभिन्न राज्यमा संक्रमण बढ्दै जाँदा मृत्युदरमा पनि बिस्तारै वृद्धि भइरहेको छ। सबैभन्दा पछिल्लो मृत्यु उत्तर प्रदेशको फिरोजाबादमा भएको हो, जहाँ मंगलबार ७८ वर्षीय एक संक्रमित वृद्धको उपचारका क्रममा ज्यान गएको