Logo

३१ भदौ, वीरगञ्ज ।
वीरगञ्ज महानगरपालिकाले व्यवस्थीत माछा पसलको स्थान नदिएपछि पुन मुख्य सकड छेउमा माछाको व्यापार शुरु भएको छ । माछाको काटेर बेच्नु पर्ने र त्यसको फोहोर व्यवस्थापन गर्ने उचित ठाउँ चाहिने हुदा सकडमै काटने र नालामा फोहोर फाल्ने काम व्यवसायीले गरेका छन । सडकमा माछाको व्यापार गर्दा त्यस आसपासको क्षेत्र दुगन्र्धित हुने गरको छ ।
वीरगञ्ज महानगरपालिकाको प्रमुखमा निर्वाचित भएपछि राजेशमान सिंहले सडक छेउमा माछाको व्यापार रोक लगाउन नगर प्रहरीलाई निर्देशन दिएका थिए । त्यसपछि वीरगञ्जको मुख्य सडकमा माछा बिक्रिमा रोक लगाईएको थियो । नगर प्रहरीले पहिला माछा व्यापारीहरुलाई पसल नलगाउन सम्झाउँने र अटेर गरेको खण्डमा लखेट्ने गरेको थियो ।
विगतमा नगर प्रहरीले एक पटक लखेटेर फर्कने गरेकोमा प्रमुखमा सिंह निर्वाचित भएका दिन देखि माछा बिक्रि गर्ने ठाउँमा पटक पटक नगर प्रहरी जाने गरेको थियो । जसले गर्दा माछा व्यापारीहरुले पसल राख्ने बित्तिकै नगर प्रहरीले लखेट्न थाल्थ्यो । दिनहुँ नगर प्रहरीको आँखा छलेर माछा विक्रि गर्नु परेको गुनासो व्यापारी मगरु सहनीको छ ।


माछा खरिद बिक्रिका लागि वीरगञ्जकै पुरानो होटल सम्झना होटलदेखि कृषि सामग्री कम्पनी लिमिटेडको गेट हुर्दै मूर्ली चोक सम्म हरेक दिन साँझमा निकै भिड लाग्ने गरेको हुन्छ । दुई दर्जन भन्दा बढी माछा व्यापारीले विभिन्न प्रकारका माछा काटेर ग्राहकलाई बिक्री गर्दै आएका छन । तर विभिन्न समयमा नगर प्रहरीको अवरोधका कारण बिक्रि वितरणमा समस्या भएको माछा व्यापारीको गुनासो छ ।
वीरगञ्ज महानगरपालिकाको नयाँ नेतृत्वमा निर्वाचित भएर आएपछि प्रमुख राजेशमान सिंहले सडकमा पसल थापेर माछा बिक्रीवितरण गर्ने काम तुरुन्त रोक्न नगर प्रहरीलाई निर्देशन दिए । नगर प्रहरीले शुरुका दुई महिना सडकमा माछा बेच्न रोक लगाए । व्यापारीलाई माछा बेच्न उपयुक्त ठाउँ पनि नदिने र सडक छेउमा बिक्री गर्दा नगर प्रहरीले उठाएर लैजान थालेपछि व्यापारीले वीरगंज महानरपालिकाको विरुद्ध आवाज उठान थाले ।
सडकमा माछा बिक्रि गर्न नपाएपछि छटपटिएका व्यापारीहरुले महानगरपालिकाका प्रमुख राजेशमान सिंहलाई भेट्न गए । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले मुख्य सडक छेउमा माछा नबेच्न व्यापारीहरुलाई आग्रह गरे । उनले एक महिना भित्र माछा व्यापारीहरुलाई व्यवस्थित ठाउँ उपलब्ध गराउने आश्वासन समेत दिए ।
नगर प्रहरीले केहिदिनदेखि मुख्य सडकमा माछा बिक्रि गर्नमा रोक लगाएपछि उनीहरु नगर प्रमुखलाई गुहार्न महानगर पुगेका थिए । तर नगर प्रमुखले उनीहरुलाई मुख्य सडकमा माछा बिक्रि नगर्न आग्रह गरे । उनले तत्काल पहिले माछा बिक्रि गर्दै आएको नीजि जग्गामा बिक्रि गर्न भने । केही दिनमा उपयुक्त स्थानको व्यवस्था गरिनेछ प्रमुख सिंहले माछा व्यापारीलाई निश्चित ठाउँ तोक्ने आवश्वासन दिएका थिए ।
वीरगञ्जको मिना बजार कम्पलेक्स तरकारी तथा फलफुल बजार हो । त्यहाँ माछा पनि बिक्रि हुने गरेको छ । तर त्यो प्रयाप्त छैन । वीरगञ्जका केहि पुराना माछा व्यापारीहरुले मुर्ली क्षेत्रमा माछा बिक्रि गर्दै आएका छन् ।
माछा काटेर बिक्रि गर्दा कत्ला निकाल्ने गरिन्छ । भने रगत पनि निस्केको हुन्छ । जसले गर्दा माछा बिक्रि गर्ने स्थल दुर्घन्धित हुने गरेको छ । अझ मुख्य सडकमै माछा बिक्रि हुँदा वीरगञ्ज झनै कुरुप देखिने गरेको थियो ।
महानगरले तत्काल बजार लगाउन भनेको नीजि जमिनमा यसअघि पनि माछा बजार लागेको थियो । बजार मुख्य सडक भन्दा भित्र पर्ने भएकोले ग्राहक नआउने गरेको गुनासो माछा व्यापारीहरुको छ ।


माछा व्यापारी असलम राईन नीजि जमिनमा माछा बिक्रि नहुने समस्या रहेको बताउँछन् ।
‘नीजि जग्गामा सँधै लफडा हुन्छ । ग्राहक नआईदिने हुँदा माछा बिक्रि पनि हुँदैन ।’ उनले भने ‘ सडकमा राख्दा मोटरसाईकलबाटै किनेर लैजान्छन् । दुई चार पैसा कमाई हुन्छ, बाल बच्चा खान्छन् । स्कुल जान्छन् । ’
सडकमा बिक्रि हुने माछा मात्र हैन महानगरले तरकारी र फलफुलको पसल सञ्चालनमा पनि रोक लगाउनुपर्ने माग उनीहरुको छ । ‘ठेलामा अन्य समान सडकमै बेच्न दिने तर माछा बेच्न नदिने ?’ एक माछा व्यापारीले भने ।
अर्कोतिर महानगरले बजार लगाउन भनेको जमिनको भाडा पनि महंगो छ । दुई मिटर जमिनको मासिक दुई हजार तिर्नुपर्छ । माछा व्यापारीहरुले मुख्य सडकमा माछा बिक्रि गरेपनि जमिनको भाडा भने तिर्दै आएका रहेछन् । लकडाउनको पैसा समेत मागेर लिएको उनीहरुको दावी छ ।
माछा व्यापारी महम्मद सहिद अर्काको जग्गामा नभई महानगरले ठाउँ दिएर व्यवस्थापन गर्नुपर्ने बताउँछन् । ‘जहाँ ठाउँ दिन्छन, भाडा दिन्छौ । ’ उनले भने ‘ नीजि जग्गामा समस्या छ । जग्गावाला आएर भगाउँछ । भने हामी कहाँ जाने ? ’
अर्का व्यापारी कमरूद्दीन राईन मुख्य सडकमा माछा बेच्नुपर्ने बाध्यता रहेको बताउँछन् । ‘ रोडमा बेच्नुछैन भने महानगरले ठाउँ मिलाईदिनुपर्छ नी । ’ उनले भने ‘ एक हजार, पन्ध्रसय भाडा तिर्न हामी तयार छौं ।’
समसुद्दीन मियाँले एक महिना माछा बिक्रि नभएको खण्डमा धेरै माछा व्यापारीको चुल्हो समेत नबल्ने बताउँछन् । ‘ नगरप्रमुखले एक महिना पछि ठाउँको व्यवस्था गर्छौ भनेका थिए । तर आज दुई महिना वित्तिसक्यो अहिले सम्म कुनै व्यवस्था गरिएको छैन ।
कतिपय यस्ता माछा व्यापारी छन्, जसको माछा बिक्रि नगरे बिहान बेलुकाको छाक टर्दैन ।’ उनले भने ‘ पढेलेखेको छैन, अरू काम जानेको छैन, उनीहरुले एक महिनासम्म के गरेर खाने ?’ त्यसैले सडकमै राखेर बिक्रि शुरु गरेका छौ ।
व्यापारीहरुले फेटा, सिम्रौनगणबाट १० हजार माछा ल्याउँछन् । माछा बिक्रिबाट दिनको १ हजार देखि १५ सयसम्म कमाई हुने गरेको दावी उनीहरुको छ । माछा ल्याउन डेढ सय रुपियाँ सम्मको बरफ लाग्छ । माछा बिक्रिबाट जसोतसो गुजारा चलाउँदै आएकोमा बिक्रि गर्न नपाउँदा समस्या हुने गुलामे मुस्तफाले बताए ।


सम्बन्धित समाचार