Logo

१ असाेज काठमाडौँ । चिनियाँ राष्ट्रपति सी चिनफिङ र इरानी राष्ट्रपति इब्राहिम रायसीबीच भेटवार्ता गरेका छन् । शुक्रबार बिहान उज्वेकिस्तानको समरकन्दमा उनीहरूबीच भेटवार्ता भएको हो ।

चिनियाँ राष्ट्रपति सीले चीन र इरानबीच लामो समयदेखि मित्रता रहेको र उक्त सम्बन्ध परिवर्तनशील अन्तर्राष्ट्रिय परिदृश्यको परिक्षामा खडा भएको प्रतिक्रिया दिएका थिए ।

दुई देशबीच बृहत् रणनीतिक साझेदारीलाई सुदृढ र विकास गर्नु दुवै पक्षको साझा रणनीति भएको सीले बताएका थिए ।

चीनले इरानसँगको सम्बन्धलाई रणनीतिक र दीर्घकालीन दृष्टिकोणबाट हेरेको पनि उनको भनाइ थियो । यस्तै नेता सीले द्विपक्षीय सम्बन्धमा नयाँ प्रगति गर्न इरानसँग रणनीतिक सञ्चार र समन्वय बढाउन तयार रहेको पनि बताए ।

दुवै पक्षले आ–आफ्नो बृहत् सहयोग योजना कार्यान्वयन गर्न, बेल्ट एण्ड रोड इनिसिएटिभलाई अगाडि बढाउन सक्रिय प्रयास गर्नुपर्ने र सहयोगको थप उपलब्धि हासिल गर्न प्रयास गर्नुपर्ने सीको भनाइ थियो ।


सम्बन्धित समाचार