Logo

ज्योतिष शास्त्र अनुसार जातकको कुण्डलीमा विभिन्न प्रकारका योग बनेका हुन्छन् जसले जातकको जीवनमा सीधा प्रभाव पार्दछन्। यी विभिन्न योगहरुमध्ये कति योग शुभ हुन्छन् भने कुनै योग अशुभ हुन्छन्। यस्तै योगहरुमा एउटा योग हुन्छ वैधव्य वा विधवा योग। यो योगले महिलाहरुको कुण्डलीमा अशुभ परिणाम दिने हुन्छ। यो योगको कारण महिलाहरुले विभिन्न समस्याहरुको सामना गर्नुपर्ने हुन सक्छ। के हो वैधव्य योग ? कसरी बन्छ जातकको कुण्डलीमा यो योग ? यसको प्रभाव कम गर्नको लागि के उपाय गर्नुपर्छ ? यी सबै कुराको जानकारी आज हामी यो लेखमा बताउँछौँ।

यदि कुनै महिलाको कुण्डलीमा वैधव्य वा विधवा योग बनेको छ भने उसको पतिको मृत्यु छिटो हुन्छ। जसको कारण स्त्री विधवा हुन्छिन्। जीवनमा यो योग धेरै अशुभ हुन्छ।

यो योग कुण्डलीमा धेरै परिस्थिति बन्दछ। आज हामी तपाईंलाई त्यो सबै स्थितिको बारेमा बताउँछौँ जसबाट वैधव्य योग बन्दछ।

• यदि सप्तम भावको स्वामी मंगल रहेको छ र शनिको तृतीय सप्तम वा दशम दृष्टि त्यहाँ परेको छ भने वैधव्य योग बन्दछ।
• यदि सप्तमेशको सम्बन्ध शनि, मङ्गलसँग बन्दछ र सप्तमेश निर्बल रहेको छ भने विधवा योग बन्दछ।
• यदि कुनै स्त्रीको कुण्डलीमा सप्तम भावमा मङ्गल पाप ग्रहले युक्त छ तथा पाप ग्रह सप्तम भावमा स्थित मङ्गललाई देख्दछ भने वैधव्य योग बन्दछ।
• जुन महिलाको कुण्डलीमा सप्तम भावमा मङ्गल पाप ग्रहले युक्त भएर रहेको छ तथा पाप ग्रहले सप्तम भावमा स्थित मङ्गललाई देख्दछ भने वैधव्य योग बन्दछ।
•  चन्द्रमाबाट सातौँ वा आठौँ भावमा पाप ग्रह बसेको छ भने र मेष, वृश्चिक राशिमा बसेको राहु आठौँ वा बाह्रौँ स्थानमा छ भने वृष कन्या एवं धनु लग्नमा वैधव्य योग बन्दछ।
• सप्तम भावमा पाप ग्रह रहेको छ तथा चन्द्रमा छैठौँ वा सातौँ भावमा छ भने वैधव्य योग बन्दछ।
• यदि मकर लग्न छ भने र  सप्तम भावमा कर्कट राशिमा सूर्य मङ्गलको  साथमा रहेको छ र चन्द्रमा कमजोर रहेको छ भने वैधव्य योग बन्दछ।
• यदि लग्न एवं सप्तम भावमा पाप ग्रह रहेका छन् भने वैधव्य योग बन्छ।
• यदि षष्ट एवं अष्टम भावको स्वामी षष्टम वा व्यय भावमा पापग्रहको साथमा रहेको छ भने पनि वैधव्य योग बन्दछ।

अब हामी वैधव्यको योगको नराम्रो परिणामलाई कम गर्ने उपाय बताउँदैछौँ।
जुन महिलाको कुण्डलीमा यो योग बनेको छ, उसले पांच वर्षसम्म मंगला गौरीको पूजा गर्नुपर्छ। यसका साथै महिलाले आफ्नो विवाहभन्दा अगाडि कुम्भ विवाह गर्नुपर्छ।

यदि कुनै महिलालाई आफ्नो विवाह पछाडि वैधव्य योगको बारेमा थाहा हुन्छ भने उनले मङ्गल र शनि ग्रहसँग सम्बन्धित उपायहरु गर्नुपर्छ। बृहस्पति ग्रहको शुभ प्रभावको लागि बृहस्पतिको पुजा गर्नुपर्छ। यसका साथै भगवान शिवको पूजा अर्चना गर्नुपर्छ। यस्ता  महिलाले आफ्नो घरको मुख्य द्वारमा आँपको पातको तोरण लगाउनुपर्छ र त्यो आँपको पातलाई हरेक पन्ध्र दिनमा वदल्नुपर्छ। स्रोत ः मेरोज्योतिष


सम्बन्धित समाचार