Logo

११ असोज, एजेन्सी । यूईएफए नेसन्स लिग फुटबलको लिग ए को समूह ३ बाट इटाली फाइनल्स फोरमा प्रवेश गरेको छ। बुढापेस्टमा भएको खेलमा हंगेरीमाथि २–० को जित निकाल्दै इटाली समूहको शीर्ष स्थानमा रहँदै फाइनलमा पुग्दा जर्मनी र इंग्ल्याण्डबीच ३–३ गोलको रोमाञ्चक बराबरी भयो। इटालीको जितमा जियाकोमो रास्पाडोरी र फेडरिको डिमार्कोले समान १–१ गोल गरे।

पुस्कास एरिना बुढापेस्टमा सोमबार राति भएको खेलको २७औं मिनेटमा जियाकोमो रास्पाडोरीले गोल गर्दै इटालीलाई अग्रता दिलाएका थिए। दोस्रो गोल भने ५२औँ मिनेटमा फेडरिको डिमार्कोले गरे। सोही समूहको अर्को खेलमा जर्मनी र इंग्ल्याण्डले भने ३–३ गोलको बराबरी खेले। अन्तिम ३५ मिनेटभित्र ६ गोल भएको खेलमा जर्मनीले दुई गोलको अग्रता लिएपनि इंग्ल्यान्डले पुनरागमन गर्दै ३–२ को अवस्थामा खेल पु¥यायो तर अन्तिम केहि मिनेट सम्हालिन नसक्दा जर्मनीसँग पराजित हुन पुग्यो।

वेम्वली स्टेडियममा सोमबार राति भएको खेलमा जर्मनीका लागि काई हाभर्टजले दुई तथा इल्केए गुन्डोगानले एक गोल गरे। इंग्ल्याण्डका लुका सा, मासन माउन्ट र ह्यारी केनले गोल गरे। खेलमा ५२औँ मिनेटमा इल्केए गुन्डोगानको पेनाल्टी गोलबाट जर्मनीले घरेलु टोलीविरुद्ध अग्रता लिएको थियो।६७औं मिनेटमा काई हाभर्टजले गोल गरेपछि जर्मनीले खेलमा २० को अग्रता लिन सफल भयो।

तर चार मिनेटमा अन्तरमा दुई गोल गर्दै इंग्ल्याण्ड खेलमा फर्कियो। लुका साले ७२औँ मिनेटमा गोल गर्दा ७५औं मासन माउन्टले टिमलाई बराबरीमा ल्याए।८३औँ मिनेटमा ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै इंग्ल्याण्डलाई खेलमा अग्रता दिलाए। ८७औँ मिनेटमा काई हाभर्टनले सर्ज जिनाब्रीको पासमा गोल गर्दै जर्मनीको सम्भावित हार टारेका थिए।


सम्बन्धित समाचार