Logo

१९ असोज, वीरगन्ज । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले न्यूज च्यानल सिएनएन विरुद्ध मानहानीको मुद्दा दायर गर्नुभएको छ ।ट्रम्पले अमेरिकको फ्लोरिडा अदालतमा दायर गरेको रिटमा सिएनएन विरुद्ध ४ सय ७५ मिलियन डलर बराबरको क्षतिपूर्ति माग गरिएको छ ।

सोही च्यानलले आफूलाई राजनैतिक रुपमा परास्त गर्न मुख्य भूमिका निर्वाह गर्नुका साथै बदनाम तथा अपमान गरेको भन्दै उहाँले उक्त रकम बराबरको क्षतिपूर्ति माग गर्नुुभएको हो ।उहाँले दायर गरेको रिट २९ पानाको रहेको छ । जसमा सन् २०२४ मा भएको राष्ट्रपतीय निर्वाचनको समयमा झुठो आरोपसहितको समाचार सम्प्रेषण गरेको उल्लेख गरिएको छ ।

साथै पूर्वराष्ट्रपति ट्रम्पले आफूले न्याय पाउने विश्वास पनि ब्यक्त गर्नुभएको छ ।पूर्वराष्ट्रपति ट्रम्पले दायर गरेको मुद्दाको सम्बन्धमा सिएनएनले भने हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन् ।


सम्बन्धित समाचार