Logo

२० असोज, वीरगन्ज । नारायणगढ मुग्लिन सडकखण्डमा खसेको पहिरोका कारण सडक अवरुद्ध बनेको छ । विहान ८ः २० बजे सत्रकिलोमा पहिरो खसेको छ । लेदो सहितको पहिरो झरेपछि गन्तव्यमा हिडेका सवारीसाधनहरु अलपत्र परेका छन् ।

अविरल वर्षाका कारण पहिरो निरन्तर खसिरहेकाले पहिरो हटाउन सकस भएको चितवन प्रहरीले जनाएको छ । वर्षाका कारण पहिरोको जोखिम रहेकाले नारायणगढ मुग्लिन सडकखण्ड भएर सकेसम्म यात्रा नगर्न चितवन प्रहरीले आग्रह गरेको छ । सडक विभाग समन्वय भैरहेको प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार