Logo

२० असोज, वीरगन्ज । बाराको अमलेखगञ्जमा रहेको तीन नम्बर पुल नजिक बस दुर्घटना हुँदा अहिलेसम्म १६ जनाको मृत्यु भएको छ । भने २० जनाभन्दा धेरै गम्भीर घाइते भएका छन् । बस दुर्घटनामा गम्भीर घाइते भएकाहरूलाई हेटौँडा र चितवनका अस्पताल पु¥याएपछि डाक्टरहरूले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) वामदेव गौतमले जानकारी दिनुभयो ।

हेटौँडा अस्पतालमा मात्रै १२ जनाको मृत्यु भएको  हो । मकवानपुरकै चुरेहिल अस्पतालमा दुई, मकवानपुर सहकारी अस्पतालमा एक र चितवनको भरतपुर अस्पतालमा एक जनाको मृत्यु भएको एसपी गौतमले जानकारी दिनुभयो । उनीहरूको सनाखत हुन बाँकी छ ।दुर्घटनाका घाइतेहरूको चुरेहिल, हेटौँडा र सन्चो अस्पतालमा उपचार भइरहेको छ । केही घाइतेलाई भरतपुर अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ ।

दुर्घटनाको प्रकृति हेर्दा मृतकको सङ्ख्या अझै बढ्ने देखिन्छ । दुर्घटना मकवानपुर र बाराको सिमानामा भएको हो । प्रारम्भिक निरीक्षणमा गाडी अत्यन्तै द्रुत गतिमा रहेको र बाटो ओरालो हुँदा तथा पानीसमेत परिरहेका कारण दुर्घटना भएको देखिएको ट्राफिक प्रहरीले जनाएको छ । नारायणगढबाट पथलैया जाँदै गरेको बा प्र. ०६–००१ ख ०१० नम्बरको बस दुर्घटनामा परेको हो । बसमा ५१ जना यात्रु रहेका प्रहरीले बताएको छ । जितपुरसिमरा उपमहानगरपालिका २२ मा दुर्घटना भएको हो ।


सम्बन्धित समाचार