Logo

२० असोज, काठमाडौँ । थाइल्यान्डको एउटा शिशु स्याहार केन्द्रमा बन्दुकधारीले जथाभाबी गोली चलाउँदा कम्तीमा ३४ जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् ।उत्तर–पूर्वी सहर नोङ बुआ लम्फुमा रहेको एक प्री–स्कुल अर्थात् शिशु स्याहार केन्द्रमा गोली चलेको बीबीसीले जनाएको छ ।

मृतकमध्ये २३ जना बालबालिका रहेका थाइल्यान्डको प्रहरीले जनाएको छ । आक्रमणकारीले गोलीसँगै चक्कु समेतप्रहार गरेको बताइएको छ ।आक्रमणकारी पूर्वप्रहरी रहेको र लागुऔषध प्रयोगकर्ता रहेको पाइएपछि प्रहरीले गएको वर्ष बर्खास्त गरेको थियो ।

घटनास्थलबाट गाडी लिएर भागेका आक्रमणकारीले आफू, श्रीमती तथा बच्चाको समेत हत्या गरेर आफैँलाई पनि गोली हानी आत्महत्या गरेका थाई सञ्चारमाध्ययमलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।


सम्बन्धित समाचार