Logo

२१ असोज, काठमाडौं । बंगलादेशमा जारी महिला एसिया कपमा पाकिस्तानको टोली थाइल्याण्डसँग पराजित भएको छ । सिलेटमा भएको खेलमा पाकिस्तान महिला टोलीले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर ११६ रन बनाएको थियो ।पाकिस्तानका लागि सिद्रा अमिनले ५६ रन बनाइन् । जवाफमा थाइल्याण्डको टोलीले १९ दशमलव ५ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पुरा गरेको थियो ।

थाइल्याण्डले अन्तिम ओभरमा जितका लागि १० रन जोड्नु परेको थियो, जुन उसले पाँच बलमा बनाएको थियो। थाइल्याण्डका लागि नट्टाकम चान्टमले ५१ बलमा ६१ रन बनाइन् । उनले प्लेयर अफ दि म्याचको अवार्ड पाइन् ।भारतीय महिला टोली एसिया कपमा अहिलेसम्म भएका तीनवटै खेल जितेर अंक तालिकाको शीर्ष स्थानमा छ ।

पाकिस्तानको महिला टोली दोस्रो स्थानमा छ । शुक्रबार भारत र पाकिस्तानबीचको खेल हुँदैछ ।एसिया कपमा सात टोलीको सहभागिता रहेको छ । शीर्ष चार टोली सेमिफाइनलमा पुग्नेछन्। एसिया कपको फाइनल अक्टोबर १५ मा हुनेछ ।


सम्बन्धित समाचार