Logo

२२ असोज वीरगञ्ज ।
नेकपा एकीकृत समाजवादी (एस) ले प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यको उम्मेदवार टुंग्याएको छ । सत्तागठन्धनबाट १९ सिट प्राप्त गरेसँगै नेकपा एसले उम्मेदवारहरूको टुंगो लगाएको हो ।

कास्की २ मा श्रीनाथ बराल प्रस्तावित छन् । उनको ठाउँमा शिव गुरुङको पनि नाम रहेको छ । अन्यत्र भने टुङ्गो लागिसकेको छ ।

निवर्तमान प्रतिनिधिसभामा प्रत्यक्ष जित्ने सबैले टिकट पाएका छन् । सचिव रामकुमारी झाक्री गुल्मी – २ बाट उठ्ने भएकी छन् । तनहुँ – २ बाट जितेका किसान श्रेष्ठ बारा – ४ मा उम्मेदवार हुने भएका छन् भने बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे धादिङ – १ बाट प्रतिनिधिसभामा उठ्ने भएका छन् । अन्तिम समया कुनै हेरफेर नभए यहीअनुसार उम्मेदवारी हुनेछ ।

प्रतिनिधि सभामा एकीकृत समाजवादीका उम्मेदवार

१. इलाम क्षेत्र न. १ – झलनाथ खनाल

२. उदयपुर क्षेत्र न. २ – जगन्नाथ खतिवडा

३. रौतहट क्षेत्र न. १ – माधवकुमार नेपाल

४. बारा क्षेत्र न .४ – कृष्णकुमार किसान)  श्रेष्ठ

५. काठमाडौं क्षेत्र न. ८ – जीवनराम श्रेष्ठ

६. ललितपुर क्षेत्र न. २ – कृष्णलाल महर्जन

७. धादिङ क्षेत्र न. १ – राजेन्द्रप्रसाद पाण्डे

८. मकवानपुर क्षेत्र न. २ – विरोध खतिवडा

९. कास्की क्षेत्र न. २ – श्रीनाथ बराल

१०. गुल्मी क्षेत्र न. २ – रामकुमारी झाँक्री

११. पाल्पा क्षेत्र न. २ – सोमप्रसाद पाण्डे

१२. रुपन्देही क्षेत्र न. २ – राजु गुरुङ

१३. दाङ क्षेत्र न. १ – मेटमणि चौधरी

१४. सल्यान – प्रकाश बुढाथोकी ९ज्वाला०

१५. डोल्पा – धनबहादुर बुढा मगर

१६. दैलेख क्षेत्र न. १ – अम्बरबहादुर थापा

१७. अछाम क्षेत्र न. १ – शेरबहादुर कुवँर

१८. बझाङ – भानुभक्त जोशी

१९. डोटी -प्रेमबहादुर आले


सम्बन्धित समाचार