Logo

नेकपा एमालेभित्र आसन्न निर्वाचनको टिकट वितरण लगभग टुङ्गिएको छ । उम्मेदवारहरुको अनुहार लगभग अगाडी आईसक्दा एमालेभित्रको एउटा खाँट्टी बैचारिक टिमलाई घचेटेर भित्तामै पु¥याइएको छ । त्यो हो डा.भीम रावलको टिम जसलाई १० बुँदे टिम पनि भनिन्छ ।

आफ्नो क्षेत्रबाट सर्वसम्मत सिफारिश हुँदा पनि ओलीको बैठककोठामा आईपुग्दा उनीहरुको ठाउँमा दुर्नियतका साथ सिफारिश नै नभएको अर्को पात्र उभ्याइएको छ । जब कि त्यो क्षेत्रमा डा. रावलहरु जित्ने सय प्रतिशत सम्भावना छ तर हारे पनि हारोस तर १० बुँदेलाई ढिम्किन दिनुहुन्न भन्ने मनोविज्ञानले कनिष्ठ र जित्ने कुनै सम्भावना नभएका नेतालाई टिकट दिने कर्म भएको छ ।

ऐजेरु पलाएको टसल
तत्कालिन नेकपा विभाजनका बेला डा। रावलको टिमले केही विषयहरुमा असमझदारी राख्दै आफुलाई तेस्रो धारको रुपमा स्थापित गर्ने प्रयास ग¥यो । उनीहरु माओवादीमा पनि नजाने भए । ओली नेतृत्वमा पनि सजिलै जान मानेनन् । तर एमाले भने छोड्न नसक्ने भए । यो अवस्थामा ओलीसँगै रहन उनीहरुले १० बुँदे सहमतिको सहारा लिएका थिए । तर त्यही सहारा अहिले चुनावको सन्दर्भमा ओलीको प्रतिशोधपुर्ण राजनितिका कारण डा। रावलको टिमलाई ‘गलपासो’ सावित भएको छ । १० बुुँदेले चुनावमा उम्मेदवार बन्ने भए लिखित माफी बालकोटमा बुझाउनुपर्ने ओलीको निर्देशन कार्यान्वयन नभए पछि चिज विग्रिएको हो ।

कार्यान्वयन होस पनि किन रु कसरी होस रु डा।रावलको टिमले माफी दिनुको कुनै कारण र औचित्य देखेका छैनन् । उनीहरुको तर्क यसअर्थमा जायज छ कि १० बुँदे गाउँघरमा भेजो हाल्दाको तमसुक होइन । न त यो किराना पसलको बाँकी बक्यौता लेखिराखेको चिर्कटो हो । यो त पार्टीलाई आगामी दिनमा कसरी सही दिशामा लाने भन्ने बैचारिक विमर्श हो । १० बुुँदे सहमति व्यक्तिगत कुण्ठा पोख्ने वाक्यहरुको संग्रह होइन, कम्युनिष्ट निति र सिद्धान्तको पहेली हो भन्ने उनीहरुको जिकिर छ । तर ओलीले यसलाई यसरी बुझेका छैनन् अथवा नबुझे झैँ गरेकाछन् । आफ्नो नेतृत्व स्विकार नगर्ने, आफुलाई असफल बनाउन खोज्ने, मेरा विरुद्ध अध्यक्षमा उठ्ने जस्ता अराजनैतिक आँखाले डा। रावलको टिमलाई ओलीले हेरेको छ । ओलीको तानाशाही र निरङ्कुश पार्टी सञ्चालन शैलीले डा।रावलको विज्ञता, क्षमता र समर्पणलाई देखेको छैन । सफल र पहिलो नम्बरको पार्टी बनाउन चेक एण्ड ब्यालेन्सका लागि पार्टीभित्रका फरक मतलाई जोगाउन र हुर्काउन जरुरी छ भन्ने उसले सोँचेको छैन । यही सोँच र शैलीका कारण अहिले डा। रावलको टिमलाई टाउको ठोकाएर भित्ता फुटाउनुपर्ने नियती आईलागेको छ ।

डा. रावलको बैचारिक भिन्नता एमालेभित्र निकै पुरानो हो । धेरै अघि देखि उनी पार्टीभित्र लड्दै भिड्दै नै आईरहेका छन् । उनी एक बैचारिक लडाकु हुन् । उनको साथमा त्यस्तै अर्का कम्युनिष्ट विचारक र चिन्तक छन् घनश्याम भुसाल । एमालेभित्र उनीहरु जत्तिको विचार, निति र सिद्धान्तलाई नेपालको कम्युनिष्ट परिवेश अनुसार व्याख्या गर्न सक्ने नेता अरु छैनन् । उनीहरु पार्टी उभिन नभई नहुने खम्बा हुन् तर उनीहरु ओलीभक्त नहुनु नै उनीहरुको ठुुलो गल्ती देखिएको छ । इश्वर, शंकर, विष्णु जस्ता ओलीको सदैव जयजयकार गर्नेहरु जहाँ जस्तोसुकै अवस्थामा पनि अवसर पाइरहन्छन् । तर बैचारिक लडाई गरेर पार्टीलाई जिवन्त राख्ने यो टिम सँधै बढारिएको छ । सँधै घचेटिएको छ । यसपाली पनि त्यो दोहोरियो तर साह्रै नमिठो पाराले ।

एउटा भूल
जतिखेर नेकपा एमालेभित्र माधव भर्सेस ओली चरमोत्कर्षमा पुगेको थियो, त्यतिबेला डा। रावलको टिमले परिस्थितीलाई क्यास गर्न सकेन । ओलीको चर्को पेलानबाट त्राण भएका माधवले अर्को पार्टी गठन गर्ने भईसकेपछि भएका आन्तरिक छलफलमा डा।रावलको ‘पार्टी फुटाई चै नहाल्ने’ वा ‘छोडी चै नहाल्ने’ रिजर्भेशन रह्यो । त्यही रिजर्भेशनले अहिले यो टिमलाई घर न घाटको बनाउने अवस्था बनेको देखिन्छ । आँट गरेका माधवले पार्टी छाडेर नयाँ पार्टी बनाएर मुलुकको कम्तिमा तेस्रो राजनैतिक शक्ति बन्ने तरखरमा छन् । अत्यन्तै सुझबुझका साथ अघि बढेकाले माधवलाई पार्टी छाडेर जानुको दुर्दशा उति भोग्नुपरेको छैन । आखिर डा। रावलहरु माधव पक्षधर भनेर चिनिएकै थिए । त्यतिबेलै माधवसँगै नयाँ पार्टी निर्माणमा लागेको भए डा। रावलहरुका लागि नेकपा एसमाजवादीमा राम्रो स्पेश पनि हुन्थ्यो । उनी सेकेन्ड मेन निश्चित हुन्थे । उनको विद्धता, बैचारिक राजनिति उपयोगी सिद्ध पनि हुन्थ्यो । अहिले अछामका लागि सर्लक्कै उम्मेदवार पनि हुन्थे । उनको व्यक्तिगत प्रभावक्षेत्र भएकाले जित सुनिश्चित नै थियो । यहिनेर १० बुँदे टिम चुकेको देखिन्छ । आफ्नो ठानेको घरमा भूत, पिशाच, डाइनी, डङ्कीनीहरुको बास रहेको उनीहरुले त्यतिबेला हेक्का राखेनन् । अहिले उनीहरु आफ्नो ठानेको त्यही घरमा विरानो भएकाछन् । बसिनसक्नु सम्मका भएका छन् ।

मर्द बन्ने कि त्यागी ?
त्यागी नेता भनेर नेपालको राजनैतिक इतिहासमा पहिला कृष्णप्रसाद भट्टराई र पछि सुशिल कोइरालालाई भनियो । यसो भनिनुको एउटा कारण उनीहरु आजन्म अविवाहित रहे । घरबार, परिवार केही गठन भएन । अर्को कारण उनीहरु शालिन थिए । अरुले जोरजबरजस्ती गरेभने त्यही मानिदिने, आफ्नो अडान नहुने, कार्यकारी पद सकेसम्म अरुलाई छाडीदिने शैलीका कारण उनीहरु सबैका साझा भए र त्यागी कहलिए । भीम रावल र घनश्याम भुसालहरु यी दुवै चरित्रबाट विल्कुल फरक छन् । पहिलो कारण त उल्लेख गर्न नै परेन । दोस्रो कारणको सन्दर्भमा कुरा गर्ने हो भने उनीहरु जत्तिको आफ्नै विचार, चिन्तन र विश्लेषण अनुसार पार्टीलाई हिडाउन सक्ने, बैचारिक स्पष्टताको आधारमा अडानमा अविचल नेता अरु को छ रु त्यसैले यस सन्दर्भमा रावल र भुसालहरुले त्यागी नेता होइनन् । त्यागी नेता बनिरहनुपर्ने कुनै कारण नै छैन ।

उनीहरुलाई ओली प्रवृत्तिले खुल्लम खुल्ला चुनौती दिएको जगजाहेरै छ । ठिक यही नेर हो उनीहरुले मर्दाङ्गी देखाउने । त्यो मर्दाङ्गी पक्कै पनि ओली प्रवृत्तिलाई चेतनाको झट्का दिने र सारा मतदाताका अघि सही र योग्य नेता भएपनि ओलीको प्रतिशोधमा परेका नेताको छवि बनाउने अथवा यी र यस्ता सबै प्रश्नहरुको मुखेन्जि जवाफ दिने खालको हुनेछ भन्ने सबैले अपेक्षा गरेकाछन् । यो लेख तयार पार्दासम्म घनश्याम भुसालले पार्टी परित्यागको घोषणा गरेर एकहदसम्म त्यो अपेक्षा पुरा गरेकाछन् । डा। भीम रावल अध्ययनकै क्रममा रहेका छन् भनेकाछन् । यसविचमा उनीहरुका समर्थक अछाम, रुपन्देही तिरका एमालेका नेता कार्यकर्ताहरुले धमाधम पार्टी परित्याग गर्दै गरेको र भेलबाढी शुरु भएको खवरहरु पनि सार्वजनिक हुँदैछन् । डा।रावल र भुसालहरु जस्ता योग्य नेताहरुलाई बाइपास गर्दा के हविगत हुने रहेछ भन्ने कास्टिङहरु विस्तारै देखिदैछन् । तर फेरि पनि उनीहरुप्रति भएको कान्छी आमा पट्टीको व्यवहारले यतिमात्र पहिरो जाने अपेक्षा भने होइन ।

ओलीबाट यतिसम्मको निम्छरो व्यवहार भएपछि पनि अझै उनीहरु एमाले भन्दै बसिरहने हो भने त्यो चैँ चौबिस क्यारेटको नामर्दपन हुनेछ । उनीहरु झन् झन् सिमान्तकृत हुँदै डिसमिस भईजानेमा कुनै शंका छैन । कि त यही चुनावबाट गठबन्धन वा अन्य कुनै दलवाट वा स्वतन्त्र उम्मेदवारी दिएर जितेर देखाउनुप¥यो । अनि ढिलो चाँडो कि त अर्को पार्टी निर्माण गर्नुप¥यो कि सम्भावना भएको बैचारिक निकटता रहेको अरु कुनै पार्टीमा समाहित भएर ओली प्रवृत्तिलाई काउन्टर दिनुप¥यो । उनीहरु भित्र भएको जुन बैचारिक राजनैतिक क्षमता छ, यदि त्यसको सदुपयोग गर्न सके मुलुकको राजनिति र समाजले नै एक किसिमको भरपर्दो नेतृत्वको अनुभूति गर्ने कुरामा दुईमत छैन । आखिर नेता पनि व्यक्ति नै हो । समयमा प्रभावकारी काम गर्ने व्यक्ति नै सही व्यक्ति कहलिन्छ । नेता हुने भनेको पनि त्यस्तै काम गर्न कै लागि हो । सही काम गर्ने व्यक्तिका लागि त गर्ने काम, ठाउँ र समयको कुनै खाँचो छैन, जहाँ बसेर रहेर पनि गर्न सक्छन् । छुट्टै पार्टी गठन गर्नुका अतिरिक्त पनि डा।भीम रावल र घनश्याम भुसालहरुसँग एडजस्ट हुनसक्ने अन्य थुप्रै विकल्पहरु जिवित छन् ।


सम्बन्धित समाचार