Logo

Cars burn after Russian military strike, as Russia’s invasion of Ukraine continues, in central Kyiv, Ukraine October 10, 2022. REUTERS/Gleb Garanich

२४ असोज,काठमाडौं । रुसले विहानैदेखि युक्रेनको राजधानीमा कैयौँ हवाई आक्रमण गरेको छ । किभ बाहेक युक्रेनका अन्य धेरै सहरहरू पनि आक्रमणको चपेटामा छन्।युक्रेनका सेना प्रमुखले रुसले बिहानैदेखि ७५ वटा मिसाइल प्रहार गरेको बताएका छन् ।

जनरल भ्यालेरी जालुज्नीले ट्वीट गर्दै ७५ मध्ये ४१ क्षेप्यास्त्रलाई वायु रक्षा प्रणालीमार्फत निष्क्रिय पारिएको बताए ।सेना प्रमुखले भने कि रुसले बिहानैदेखि कीभमा ७५ वटा मिसाइल प्रहार गरेको छ । आक्रमणमा आठ जनाको मृत्यु भएको थियो भने २४ जना घाइते भएका थिए ।

किभका मेयरले भने कि रुसले किभका महत्त्वपूर्ण भवनहरूलाई निशाना बनाएको छ।किभ बाहेक द्नीप्रो,  ज़पोरीज़्जिया, खारकीएव, तेरनोपिल, लवीव सूमी लगायत धेरै क्षेत्रमा आक्रमणहरू भइरहेका छन्।


सम्बन्धित समाचार