Logo

२७ असोज, वीरगन्ज । निर्वाचन जनतले योग्य व्यक्तिलाई आफ्नो जनप्रतिनिधि छान्ने एउटा प्रणाली हो । निर्वाचनमा कस्तो मतदातालाई छान्नुपर्छ भन्ने जनतामा विवेक भएन भने स्वभाविक रुपमा दुख पाउने जनताले नै हो । त्यसैले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जनताले योग्य उम्मेदवारलाई चुनेर पठाउनेमा पर्सा क्षेत्र नम्बर १ को प्रदेशसभा निर्वाचन (क) का उम्मेदवार रहबर अन्सारी विश्वस्त हुनुहुन्छ ।

हरेक निर्वाचनमा जनताको मताधिकारबाट जनप्रतिनिधि चुनिएर गएका छन् । तर, चुनिएर गएका जनप्रतिनिधिले जनताको लागि कति काम गरेका छन् भन्ने अहिलेको आम मतादाताले मूल्यांकन गरिरहेको उहाँ बताउनुहुन्छ । प्रदेशसभा निर्वाचन क्षेत्र १ (क) मा यसपटक उम्मेदवारी दिनुभएका रहबर अन्सारी यसअघि २०७४ सालको स्थानीय तहको निर्वाचनमा वीरगन्ज महानगरपालिकाको नगर प्रमुखमा पनि चुनाव लड्नु भएको थियो ।

राजनीतिक्षेत्रमा सबैभन्दा कम उमेरमा धेरै लोकप्रियता कमाएका युवा नेता रहबर अन्सारीलाई त्यसबेला वीरगन्ज महानगरपालिकाको नगर प्रमुखको रुपमा पनि हेर्न चाहेका थिए । तर, सोचजस्तो मतपरिणाम आएन । त्यसपछि लगत्तै प्रदेशसभा निर्वाचनमा पनि पर्सा निर्वाचन क्षेत्र नम्बर १ को (क) बाट उम्मेदवार बन्नुभयो । उहाँको लोकप्रियाताको ग्राफ नघटेपनि मतदाताको रुझानमा रहबर पछि पर्नुभयो ।

निर्वाचनमा हुने हारले रहबरलाई कुनै पछुतो भने लागेन । जनताले दिएको मतलाई स्वभाविक रुपमा स्वीकारेर निरन्तर जनताको सेवामा लागि रहनुभएको छ । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा महानगरपालिकाको नगर प्रमुखमा उम्मेदवारी दिँदा व्यक्ति त योग्य हुन् । तर, पार्टी राम्रो परेन भनेर धेरैले टिप्पणी गर्ने गरेका थिए ।

पछिल्लो राजनीतिक परिवेशमा ती टिप्पणीहरु ग्लत सावित भएको उहाँको बुझाई छ । उहाँ भन्नुहुन्छ, “त्यस्ता टिप्पणी र माओवादीप्रति भ्रम फैलाउनेहरुलाई माओवादी पार्टीकै कारण राजनीतिक परिवर्तन भएको हो र त्यहि पार्टीको नीतिमा अहिले पनि देश चलिरहेको छ भन्ने १ त्यसैले सामान्य मतदाताले विस्तारै बुझ्दै र देख्दै आएका छन् अब योग्य व्यक्तिलाई जिताउनुपर्छ भन्नेमा मतदाता सजग छन् ।”

जनताले जिताएर पठाएका जनप्रतिनिधिहरुबाटै अनेकन बाधा अवरोध सृजना गरेपनि कोरोना महामारीको समयमा आफ्नो अस्पताललाई कोभिड अस्पतालको रुपमा निःशुल्क सञ्चालन गरेर जनताको जीवन रक्षामा योगदान गर्नुभयो । त्यसबेला पनि उहाँले राजनीतिक स्टण्ट गरेको भनेर आलोचना गरे । ती आलोचना गर्नेहरुलाई उहाँले आफ्नो सेवा र योगदानबाट जवाफ दिनुभयो ।

देशभर नाम चलेका ठूला ठूला अस्पतालहरुले समेत कोरोना संक्रमितहरुलाई राख्न नमानेर नागरिकको ज्यान गईरहेको समयमा स्थानीय सरकारसँगको समन्वयमा अस्पताल नै सञ्चालन गर्न दिएर राज्यले भन्दा एक कदम अगाडि बढेर नागरिकको सेवा पुर्‍याउनु भएका युवा नेता रहबर अन्सारीको त्यो योगदान जनताले यति छिट्टै विर्सने छैनन् भन्नेमा उहाँ विश्वस्त हुनुहुन्छ ।

तथापी अझैपनि गरिब, विपन्न मतदाताहरुको बाध्यतालाई राजनीतिको च्याखे दाउ थाप्नेहरुले पैसामा खरिद गर्ला कि भन्नेमा भने चिन्ता लागेको बताउनुहुन्छ । एक बारमा एकपटक आउने यस्तो अमूल्य समय र आफ्नो अमूल्य मतलाई जनताले यसपाली भने खेर जान नदिनेमा आफू विश्वस्त रहेको अन्सारीले बताउनुभयो ।


सम्बन्धित समाचार