Logo

२७ असोज, वीरगन्ज । चितवनमा करेन्ट लागेर एउटा गैँडा मृत्यु भएको छ । आज बिहान ४ बजे खैरहनी नगरपालिका–१२ इचर्नी खोलानजिक रहेको बङ्गुरफार्ममा लगाइएको बिजुलीको तारमा करेन्ट लागेर गैँडा मृत्यु भएकोे हो ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार अन्दाजी पाँच÷छ वर्षको भाले मृत्यु भएको हो । यस ठाउँमा चितवन राष्ट्रिय निकुञ्जबाट प्राविधिकको टोली पठाइएको र थप अनुसन्धान भइरहेको आचार्यले जानकारी दिनुभयो ।

कुमरोज सामुदायिक वनका अध्यक्ष गणेश श्रेष्ठले करेन्ट लागेर गैँडा मृत्यु भएको जानकारी दिनुभयो । बङ्गुर फार्ममा नाङ्गो बिजुलीको तार लगाइएको र त्यसैबाट करेन्ट लागेको श्रेष्ठले बताउनुभयो । यो आर्थिक वर्षमा यससँगै दुई गैँडा मृत्यु भएका छन् । चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो तथ्याङ्क अनुसार ६ सय ९४ गैँडा छन् ।

 


सम्बन्धित समाचार